यता भङ्ग, उता झसङ्ग

यता भङ्ग, उता झसङ्ग

भृकुटीमण्डपमा नेपाली कांग्रेसको बन्दसत्र चलिरहँदा नेता शेखर कोइरालासहितका नेताहरु महराजगञ्ज पुगेका छन् । सभापति शेरबहादुर बहादुर देउवालाई भेट्न कोइरालासहित सहमहामन्त्री जीवन परियार, मिनेन्द्र रिजाल, बद्री पाण्डेलगायत नेता त्यहाँ पुगेका हुन् । 

देउवाले बिहानै उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई दुई महामन्त्रीसँग वार्ता गर्न जिम्मेवारी दिएका थिए । यद्यपि, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले बन्दसत्रको हलभन्दा बाहिर वार्ता नगर्ने जवाफ दिएको बताइन्छ । 

बन्दसत्रले केन्द्रीय कार्यसमिति भंग गरिसकेको अवस्थामा संस्थापन पक्षका नेताहरु आत्तिएको देखिन्छ । उपसभापति खड्काले केहीबेर अघि एक वक्तव्य जारी गर्दै एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन प्रदेश, जिल्ला, पालिका र वडा कमिटीहरुलाई निर्देशन समेत दिएका छन् ।

टिप्पणीहरू