बन्दसत्रसँगै कोठामा छलफल, कार्यवाहक सभापतिको हार्दिक अपिल

बन्दसत्रसँगै कोठामा छलफल, कार्यवाहक सभापतिको हार्दिक अपिल

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकै बेला पार्टी नेतृत्वबीच छलफल तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका छन् ।

छलफलमा कोइरालासँगै सहमहामन्त्री जीवन परियार, बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत छन् । यता भृकुटीमण्डपमा जारी बन्दसत्रमा प्रतिवेदनमाथि समूहगत छलफल चलाइएको छ । उता शीर्ष नेताहरूबीच सहमति खोज्ने प्रयास भएको स्रोतले जनाएको छ।

यसैबीच पार्टी उपसभापति एवम् कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई सहमतिमै टुंग्याउन र पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न हार्दिक अपिल गरेका छन्। उनले लेखेका छन्, ‘देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ ।’

विशेष महाधिवेशनमा हालसम्म दुईवटा प्रतिवेदन पेश भइसकेका छन्। ती प्रतिवेदनमाथि प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।

 

टिप्पणीहरू