यी हुन् बितिसकेका मानिसको वृद्धभत्ता लिनेहरु

यी हुन् बितिसकेका मानिसको वृद्धभत्ता लिनेहरु

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १, का वडाध्यक्ष इश्वर कोइराला भ्रष्टाचारमा तानिएका छन् । मरिसकेका व्यक्तिहरुको सहीछाप किर्ते गरेर सामाजिक सुरक्षा भत्ताबापतको रकम हिनामिना गरेको आरोपमा उनीसहित तीन जनाउपर मुद्दा दर्ता भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मुद्धा चलाइएकामा कोइरालासहित तत्कालिन वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापा छन् । 

उनीहरुको मिलेमतोमा आर्थिक वर्ष २०७३–०७४, २०७४–०७५ र ०७५–०७६ मा मृत्यु भइसकेका १४ जनाको सहीछाप किर्ते गरेर सामाजिक सुरक्षा भत्ता बुझिलिएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुलाई सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू