राँके जुलुसमा चुनाव बहिष्कार आह्वान

राँके जुलुसमा चुनाव बहिष्कार आह्वान

आगामी फागुन २१ गतेको आमनिर्वाचन बहिष्कार आह्वान गर्दै राजधानीमा मसाल जुलुस निकालिएको छ । काठमाडौंको बाङ्गेमुडाबाट साँझ निकालिएको राँके जुलुसमा नाराबाजी गरिएको छ ।

आगामी संसदीय निर्वाचन बहिष्कारसम्बन्धी पहिलो चरणको संघर्ष कार्यक्रमअन्तर्गत आयोजित जुलुसमा छ वटा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । जुलुसमा नेताहरु केदार खतिवडा, प्रेसर दाहाल, दिनेश शर्मालगायतको उपस्थिति थियो । 

उनीहरुले निर्वाचन बहिष्कार आह्वान गर्दै सरकारसँग भ्रष्टाचार र जनहत्यासम्बन्धी छानबिन, उद्योग–व्यवसायमा लगाइएका कर खारेज, यातायात लाइसेन्स नवीकरणबारे माग राखेका छन् ।

टिप्पणीहरू