चेपुवामा पृथ्वीसुब्बा, अरु क-कसले धोका पाए ?
एमालेको जारी महाधिवेशन नेतृत्व चयन प्रक्रियाको अन्तिम क्षणमा पुगेको बेला चर्को चेपुवामा हालका उपमहासचिव पृथ्वीसुब्बा (पिएस) गुरुङसमेत परेको बुझिएको छ । भदौ २४ गतेको विध्वंशमा घर ध्वस्त हुँदा पनि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ताको नाताले प्रधानमन्त्री केपी ओलीको पक्षमा व्यक्त धारणाका कारण उनी अझैसम्म पनि सर्वाधिक आलोचित छन् ।
केपी शर्मा ओलीलाई यसबीच बोलेर, लेखेर काँध हाल्ने नेतामा गुरुङ्ग अग्र पंक्तिमा थिए । अन्ततः अन्तिम समयसम्म महासचिवको आश्वासन दिएर अहिले चौबाटोमा फालिएको गुनासो गर्ने ठाउँमा पुगेका छन् ।
स्रोत भन्छ, ‘ओलीले उपमहासचिव प्रदीप ज्ञवाली र पिएससँगै शंकर पोखरेललाई पनि छुट्टाछुट्टै भेट्दा महासचिवको आश्वासन देखाउँदै खेलाए । शनिबार उद्घाटनको राति आएर शंकर महासचिव भए अरु दुई उपाध्यक्ष वा जो महासचिव हुन्छ अरु दुई उपाध्यक्ष हुने भनिदिपछि उनीहरु छाँगाबाट खसेझैँ हुन पुगे ।’
तीन चार महिना सिंगल डिल गरेर भ्रममा पारिएपछि ज्ञवालीले हिजो आँसु बगाउँदै विद्रोहको भाषा बोले पनि आज स्ट्याटस लेखेर रिङ्ग्ब्याक टोन फेरेका छन् । गुरुङले चाहिँ अहिलेसम्म मुख खोलिहालेका छैनन् ।
गण्डकीमा गुरुङले केन्द्रीय सदस्यको लागि कास्कीका भीम कार्की,मीनाकुमारी गुरुङ,तनहुँका किरण गुरुङ र लमजुङका धनञ्जय दवाडीको नाम दिएका थिए । त्यसैगरी बागलुंगका हिराबहादुर जिसी,इन्द्रलाल सापकोटा र पर्वतका पदमपाणी शर्मा,खिम थापा, मोहन रेग्मीलगायत स्याङ्जाका धेरै थिए । तर ती कोही पनि आधिकारिक लिस्टमै अटाएनन् ।
ज्ञवाली र गुरुङ निकटहरुले उपाध्यक्ष विष्णु पौडेलले समेत अनेक दाउपेच लगाएर आगोमा घिउ थप्दै धोका दिएको अर्थ लगाएका छन् । ‘पौडेल ईश्वर, विद्यातिर समेत धाए पनि अन्तिममा खुट्टा टेकेनन्,’ उनीहरु भन्छन्, ‘यही मौकामा शंकरले केन्द्रीय सदस्यमा अधिकांश आफ्ना मान्छे छिराउने मौका पाएका छन् ।’
मधेशमा रघुवीर महासेठका,गण्डकीमा पिएसका,कोशीमा शेरधनका र सुदूर पश्चिममा लेखराजको तर्फबाट कसैलाई पनि नराखी सूची बनाइएकोमा पनि नेताहरुको आपत्ति छ ।
अस्ति बेलुकी सचिव पद्यमा अर्याललाई हराउन स्याङ्जाकै प्रतिनिधिलाई फोन गरिएको गण्डकीका एमाले नेताहरुको भनाइ छ । त्यसरी पद्माविरुद्ध उराल्न खोजिएका केन्द्रीय सदस्य अहिले खगराज अधिकारीलाई छाडेर पद्यमाकोमै पुगेका छन् । स्रोत भन्छ, ‘त्यसरी प्रयोग गर्न खोजिएका व्यक्ति अरु कोही नभएर स्याङ्जाकै केन्द्रीय सदस्य हुन् ।’
गण्डकीमा गुरुङले केन्द्रीय सदस्यको लागि कास्कीका भीम कार्की,मीनाकुमारी गुरुङ,तनहुँका किरण गुरुङ र लमजुङका धनञ्जय दवाडीको नाम दिएका थिए । त्यसैगरी बागलुंगका हिराबहादुर जिसी,इन्द्रलाल सापकोटा र पर्वतका पदमपाणी शर्मा,खिम थापा, मोहन रेग्मीलगायत स्याङ्जाका धेरै थिए । तर ती कोही पनि आधिकारिक लिस्टमै अटाएनन् ।
टिप्पणीहरू