शीतल निवासबाट राष्ट्रिय सभा जाने तयारी
राष्ट्रपति रामचन्द्र पौडेलका मुख्य राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । उनले केही दिनअघि नै राष्ट्रपति पौडेलसमक्ष राजीनामा बुझाएको र स्वीकृत समेत भइसकेको बुझिएको छ ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा चुनाव लडेर पराजित थापाले आगामी माघ ११ गते तोकिएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीका साथ राजीनामा दिएको बताइन्छ ।
पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापासँग निकटता बढाउँदै गएका उनलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाउने आश्वासन दिइएको कतिपयको नेताको दावी छ ।
टिप्पणीहरू