चिनियाँहरुको ‘कन्सुलर स्वयंसेवक सम्मेलन’ ठमेलमा सम्पन्न

चिनियाँहरुको ‘कन्सुलर स्वयंसेवक सम्मेलन’ ठमेलमा सम्पन्न

कन्सुलर स्वयंसेवकहरुको भेला राजधानीमा सम्पन्न भएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासको आयोजनामा भेला सम्पन्न भएको हो । दूतावासले हिजो ठमेलस्थित दि मल्ल होटलमा ‘कन्सुलर सहयोग स्वयंसेवक सम्मेलन, २०२५’ आयोजना गरेको थियो । 

नेपालबाट बढ्दो विदेशिने क्रमलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको दूतावासको भनाइ छ । सम्मेलनमा चिनियाँ राजदूत छन सोङ सहभागी थिए । 

त्यसक्रममा उनले कन्सुलर स्वयंसेवकहरुको भूमिका र महत्त्वबारे उल्लेख गरे । सम्मेलनमा दूतावासका अन्य पदाधिकारी तथा कन्सुलर स्वयंसेवकहरु पनि उपस्थित थिए ।

टिप्पणीहरू