पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल एवम् मट्टितेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको जनाएको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ । नयाँ समायोजित मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।

नयाँ मूल्यअनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा कायम भएको छ। सोही स्थानमा डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा तोकिएको छ । 

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ तथा डिजेल÷मट्टितेल १४१ रुपैयाँ कायम गरिएको छ।तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ ।

टिप्पणीहरू