ज्यान मुद्दा मिलाइदिने आश्वासन

ज्यान मुद्दा मिलाइदिने आश्वासन

मुद्दा मिलाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना समातिएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, बिजगौलीका ५० वर्षीय अयोध्यालाल श्रीवास्तव र २२ वर्षीय भगत भन्ने मोहन रैदासलाई प्रहरीले सो आरोपमा समातेको हो । 

उनीहरुले कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दा मिलाइदिने आश्वासनमा दश हजार रुपैयाँ ठगेको आरोप छ । गत मंसिर १२ गते कपिलवस्तु–३, विशम्भरपुरमा स्थानीय प्रलाहद केवटसहित तीन जनाको समूहले लक्षिमन केवटमाथि कुटपिट गरेको थियो । 

लक्षिमनको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्रेर कुटपिट तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाएको छ । प्रहरी हिरासतमा रहेका उनीहरुमाथि अनुसन्धान जारी छ । 

तर, श्रीवास्तव र रैदासले प्रलाहदकी श्रीमती मिनालाई आफूहरुको प्रहरी, प्रशासन तथा ठुल्ठुला व्यक्तिसँग चिनजान रहेको र मुद्दा मिलाइदिन्छु भन्दै दश हजार रुपैयाँ लिएर भागेको प्रहरीको भनाइ छ । 

मिनाको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्रेको हो । उनीहरुमाथि ठगी, आपराधिक तथा आपराधिक लाभ कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

टिप्पणीहरू