एमालेमा कुरा नमिल्दा मतदानको समय फेरि सर्यो,पासाङ्गको उम्मेदवारी बदर

एमालेमा कुरा नमिल्दा मतदानको समय फेरि सर्यो,पासाङ्गको उम्मेदवारी बदर

एमालेको राजधानीमा जारी ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बनाइएको मतदान केन्द्रमा दिउँसो १ बजेदेखि शुरु हुने समय तालिका बढाउँदै फेरि ४ बजेसम्म धकेलिएको छ । यसअघि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको थियो ।

हलमा मतदानका लागि विद्युतीय मेशिन (प्राविधिक कुरा) हरु मिलाउने क्रम अन्तिम चरणमा पुगेको समेत जानकारी दिइएकोमा मानवीय (मन मिलाउने कुरा) मा अलमल हुँदा समय यसरी धकेलिन थालेको हो । 

यो तालिका पनि मङ्ग्सिरको ठण्डीमा ठेलिएर रात पर्ने सम्भावना टड्कारो देखिन्छ ।

"अध्यक्ष केपी ओलीको सुरक्षार्थ ढुक्कै गुण्डुमा तैनाथ पासाङ्ग शेर्पाको बहुबिबाह काण्ड अदालतबाट टुंगो लागिनसकेका कारण उनले केन्द्रीय सदस्यका लागि हालेको उम्मेदवारी रद्द भएको छ । "

गए रातिदेखि उम्मेदवारको नाम र फोटोसहितको विद्युतीय मतपत्र मेशिनमा फिट गर्ने क्रम जारी छ । सामाजिक सञ्जाल र भृकुटी मण्डपमा उम्मेदवारहरुको प्रचारप्रसार शुरु भइसकेको छ । 

एमाले केन्द्रीय निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार सूची २१ पृष्ठ लामो छ । ३०१ केन्द्रीय सदस्यका लागि ६०३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्ष केपी ओलीको सुरक्षार्थ ढुक्कै गुण्डुमा तैनाथ पासाङ्ग शेर्पाको बहुबिबाह काण्ड अदालतबाट टुंगो लागिनसकेका कारण उनले केन्द्रीय सदस्यका लागि हालेको उम्मेदवारी रद्द भएको छ ।

टिप्पणीहरू