टोखामा श्रमिकका लागि छुट्टै डेस्क

टोखामा श्रमिकका लागि छुट्टै डेस्क

काठमाडौंको टोखा नगरपालिकाले ‘श्रम डेस्क’ स्थापना गरेको छ । श्रमिक हकहित र अधिकारको संरक्षणका लागि नगरपालिकाले डेस्क सञ्चालनमा ल्याएको हो ।

‘श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ बमोजिम डेस्क स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले बताए । उनका अनुसार उक्त डेस्कले श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण, श्रमिकको उजुरी तथा गुनासो सुनुवाई, श्रमिक तथा रोजगारदाताबीच असल सम्बन्ध स्थापित गर्नेलगायतका कार्य गर्नेछ । 

त्यस्तै, रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण पनि डेस्कले गर्ने उनले जानकारी दिए । नगरपालिकाले श्रमिकहरुलाई डेस्कमा सम्पर्क गरेर सूचीकृत हुन आउन आह्वान गरेको छ ।

टिप्पणीहरू