जीप दुर्घटनामा दुईको निधन, चार जना सिकिस्त
फाइल फाेटाे
डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको निधन भएको छ ।
आज दिउँसो आदर्श गाउँपालिका–१ मौवामा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १३९५ नम्बरको जीप दुर्घटना हुँदा त्यसमा सवार एक–एक महिला र पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता इन्स्पेक्टर रामचन्द्र जोशीका अनुसार जीपमा सवार अन्य चार जनाको पनि अवस्था निकै गम्भीर छ । उनीहरुको उपचार भइरहेको छ ।
‘चारै जनाको अवस्था गम्भीर छ । उपचार भइरहेको छ । अब के हुन्छ,’ इन्स्पेक्टर जोशीले भने ।
मृतक र घाइतेहरुको सनाखत भइनसकेको उनको भनाइ छ । जीप मौवाबाट सायल गाउँपालिकातर्फ जान लागेकोमा सडकबाट झण्डै दुई सय मिटर तल खसेको जनाइएको छ ।
टिप्पणीहरू