ईन्द्रावती स्वास्थ्य चौकीमा भारत सरकारको सहयोग

ईन्द्रावती स्वास्थ्य चौकीमा भारत सरकारको सहयोग

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर–३ र ६ मा भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले आज स्वास्थ्य चौकीको संयुक्त शिलान्यास गरेका छन् । 

भारत सरकारले सञ्चालन गरेको ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेण्ट प्रोजेक्ट्स’ अन्तर्गत स्वास्थ्य चौकीको निर्माण गर्न लागिएको जनाइएको छ । नेपालमा हुने विभिन्न विकास निर्माणमा भारत सरकारले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।

टिप्पणीहरू