ताप्लेजुङको खाल्डोमा छ क्विन्टल माछा

ताप्लेजुङको खाल्डोमा छ क्विन्टल माछा

- कमल भट्टराई

एक प्रजातिको भनेर अर्कै प्रजातिको माछा फेला परेपछि ताप्लेजुङमा बरामद गरिएको छ । बिलमा पंगास प्रजाति लेखिएको तर वास्तविक रूपमा अन्य प्रजातिका ६ सय ३० किलो माछा चेकजाँचका क्रममा फेला परेपछि सशस्त्र प्रहरी बल नेपालको कञ्चनजंघा गुल्मले जफत गरेर खाल्डोमा पुरेको छ ।

नष्ट गर्ने क्रममा छिटो सडाउन नुन, फिनेल, पेट्रोल र फोहोरजन्य वस्तुहरू हालेर माछा पुनः प्रयोग गर्न नसकिने बनाइएको छ। माछा नष्ट प्रक्रिया स्थानीय बासिन्दा, पत्रकार, पशु सेवा कार्यालयका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको रोहबरमा सम्पन्न गरिएको गुल्मले जनाएको छ।

कहिले र कहाँ मारिएको, कहिलेसम्म खान योग्य हुने, कहाँ चेकजाँच गरिएको जस्ता अनिवार्य विवरण उल्लेख नभएकाले यस्तो माछा प्रयोग वा बिक्री गर्नु उचित नहुने भएकाले बरामदपछि नष्ट गरिएको हो ।

टिप्पणीहरू