प्रधानमन्त्री पुल्चोकपछि धुलिखेल जाँँदै
प्रधानमन्त्री सुशीला कार्की ललितपुरको पुल्चोक पुग्नुभएको छ । उहाँ राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ जानुभएको हो । आज डिसेम्बर १० तारिखका दिन विश्वभर मानव अधिकार दिवस मनाईँदैछ ।
प्रधानमन्त्री त्यहाँबाट साढे १० बजे स्थलमार्ग हुँदै धुलिखेल जाने कार्यक्रम छ । उहाँ काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहको अध्यक्षता ग्रहणका लागि साढे ११ बजे त्यहाँ पुग्नुहुने छ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार दिउँसो २ बजे धुलिखेलबाट स्थलमार्ग हुँदै राजधानी फर्कने कार्यतालिका छ ।
टिप्पणीहरू