सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै !

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै !
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा आगामी मुख्यमन्त्रीमा प्रस्तावित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष समर्थन फिर्ताको पत्र पेस गरेका छन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघिको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो । सत्तारुढ दलका शीर्ष नेताहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएको छ ।

एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री नियुक्ति प्रक्रियाले नयाँ मार्ग लिएको छ । केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ ।

टिप्पणीहरू