प्रधानमन्त्री बस्ने ठाउँको साँचो कान्छी छोरीलाई

प्रधानमन्त्री बस्ने ठाउँको साँचो कान्छी छोरीलाई

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारको साँचो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई दिइएको छ । हिजो साँझ ज्योतिषले निकालेको साइतमा बालुवाटार सरेपछि निवासको साँचो हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री साँझ ६ बजेर २० मीनेटको साइतमा बालुवाटार प्रवेश गर्नुभएको थियो । त्यतिबेला मन्त्रोच्चारणको निम्ति पण्डितलाई समेत बोलाइएको थियो । गृह प्रवेशपछि दाहालपुत्रीलगायतलाई उनै पण्डितले टीका लगाइदिएका थिए ।

त्यसपछि शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो छोरी दाहाललाई हस्तान्तरण गरेका हुन् । साँचो थाइल्याण्डबाट काठमाडौंको बजारमा बिक्रीका लागि ल्याइएको चाँदी रंगको भाँडोमा फूलसहित राखिएको थियो ।

टिप्पणीहरू