कर्णालीविरुद्ध पोखराका एडम रोसिंगटनको शतक
नेपाल प्रिमिएर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध आजको खेलमा पोखरा एभेन्जर्सका ओपनर एडम रोसिंगटनले शतक प्रहार गरेका छन् ।
५५ बलमा शतक पूरा गरेका उनी १०८ रनमा अविजित रहे । रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्धतले १०८ रन बनाएका हुन् ।
एनपीएलको जारी सिजनमा यो दोस्रो शतक हो । कर्णालीका मार्क वाटले पहिलो शतक बनाएका थिए ।
टिप्पणीहरू