रक्षा बमलाई प्रधानमन्त्रीको एक घण्टा

रक्षा बमलाई प्रधानमन्त्रीको एक घण्टा

जेनजी फन्ट नेपालकी संयोजक रक्षा बमको समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेको छ । आज अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । एक घण्टा बढी समय वार्ता भएको बुझिएको छ । 

त्यस क्रममा जेनजीहरुले प्रधानमन्त्री कार्कीलाई आफ्ना मागहरु सुनाए । भेटवार्तामा जेनजी फन्टमा सक्रिय सामना लावती,मोनिका निरौला, उपार्जुन चाम्लिङ,भावना राउत,मोनिशा चौधरी,युजन राजभण्डारी,रिजन रानामगरलगायत करिब दश जना सहभागी थिए ।

यसअघि ज्ञापनपत्र बोकेर सिंहदरबार पुगेका सुधन गुरुङ र मिराज ढुंगानाको टोलीले प्रधानमन्त्रीलाई भेट्न पाएको थिएन । उनीहरुलाई सिंहदरबार प्रवेशमै रोक लगाइएपछि नाराबाजीसमेत भएको थियो ।

यसअघि ज्ञापनपत्र बोकेर सिंहदरबार पुगेका सुधन गुरुङ र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री कार्कीलाई भेट्न पाएको थिएन । उनीहरुलाई सिंहदरबार प्रवेशमै रोक लगाइएपछि नाराबाजीसमेत भएको थियो ।

टिप्पणीहरू