गौहत्यामा संलग्न आधा दर्जन प्रहरीखोरमा

गौहत्यामा संलग्न आधा दर्जन प्रहरीखोरमा

चितवनको खैरहनीमा गौहत्यामा संलग्न छ जना पक्राउ परेका छन्। खैरहनी नगरपालिका–१० बडगाउँस्थित केरा बारीभित्र हिजो दिउँसो गाईको मासु काटिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गाई काटिरहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी नायव निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले छ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

टिप्पणीहरू