विराट बहिरा माविलाई एसबिआईको सहयोग
नेपाल एसबिआई बैंकले मोरङको विराटनगरस्थित विराट बहिरा माविलाई साढे दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालय परिसरमा डिप बोरिङ जडानका निम्ति बैंकले उक्त सहयोग गरेको हो ।
आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सो सहयोगले विद्यार्थी, शिक्षक र कर्मचारीलाई शुद्ध पिउने पानी उपलब्ध हुनेमा बैंकले खुशी व्यक्त गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस्ता सहयोग गर्दै आइरहेको छ ।
विगत ३२ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एसबिआईको देशभर एक सय दुई शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ्ग, एक सय २७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू