खाना महोत्सव मनाउन सार्वजनिक बिदा
स्याङ्जाको वालिङ नगरपालिकाले आउँदो शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको आयोजनामा उक्त दिन हुन गइरहेको ‘प्रथम सडक खाना महोत्सव’ का अवसरमा बिदा दिन लागिएको हो । नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघसंस्था बन्द रहने नगरपालिकाले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको आयोजनामा हुन लागेको प्रथम सडक खाना महोत्सव, २०८२ भव्य रुपमा मनाउन मिति २०८२ मंसिर १९ गते शुक्रबारका दिन वालिङ नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’
टिप्पणीहरू