जनआस्थाको समाचार प्रभाव :बालुवाटारमा सिआइबी,प्रभुमा प्रहरी
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी भुपेन्द्र खत्री नेतृत्वको एउटा टोली आज दिउँसो राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेट्न गएलगत्तै अर्को टोली प्रभु बैंकको मुख्य कार्यालय पुग्यो र प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई सोधपुछका लागि लाजिम्पाटस्थित ब्युरो कार्यालय पुर्यायो । टोली बैंकको केन्द्रीय कार्यालय छिर्दा बाहिर गेटमा प्रहरीको बाक्लो उपस्थिति थियो ।
यसअघि गत कात्तिक ११ गते प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेज्मेन्ट प्रालिले ठगी गरेको आरोपमा एमाले पूर्वसांसद तथा प्रालिका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचनलाई पक्राउ गरिएको थियो । शेरचनसँग बैंकिङ कसुरबारे बुझ्न खोजिएको ब्युरोले जनाएको छ।
"सिआइबीले केन्द्रीय बैंकलाई बेवास्ता गर्दै सोझै बैंकहरुलाई पत्र पठाएर विवरण माग्ने र बैंकर तथा कर्मचारीलाई पक्रने योजना बनाएको पूर्व जानकारी पाएपछि जनआस्थाले आज बिहान ‘सिआईबीसामु राष्ट्र बैंक निरीह’ शीर्षक समाचार प्रकाशित गरेको थियो ।"
देवी भट्टचनमाथि प्रभु रेमिट्यान्सको रकम अपचलन गरेको र १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लगाइएको थियो । म्यानेज्मेन्ट कम्पनीकी अध्यक्ष कुसुम लामाको उजुरीबमोजिम पक्राउ परेका देवी अदालतबाट धरौटीमा छुटिसकेका छन् । तर,स्वयम् कुसुम भने फरार रहेको बुझिएको छ । नयाँ घरबार गरेर मलेसियामा बस्दै आएकी लामा तिहारपछि अमेरिका पुगेको अनुमान छ ।
चार वर्षअघि विदेशबाट आउने रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाइदिने भन्दै प्रभु म्यानेज्मेन्टले सहकारीहरूबाट लिएको धरौटी रकम फिर्ता नगरेको आरोप तत्कालीन अध्यक्ष देवीमाथि लागेको छ । सोही रकम फिर्ता नगरेकोमा पीडित सहकारी संस्थाहरूले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको ब्युरोको दावी छ ।
कार्यकक्षबाटै नियन्त्रणमा लिइएका शेरचनलाई अनावश्यक रुपमा पक्राउ नगर्न गत आइतबार उच्च अदालत पाटनले प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश प्रकाश ढुंगानाको इजलास नम्बर १६ बाट अन्तरिम आदेशसहित कारण देखाउ आदेश भएको छ । मंसिर ५ गते निषेधाज्ञा माग गर्दै दायर रिटमा इजलासले देवानी प्रकृतिको मुद्दामा विपक्षी बनाइएका तर जिम्मेवार तहमा कार्यरत व्यक्तिलाई अनुसन्धानकै निम्ति पक्रन नपर्ने उल्लेख गर्दै अन्तरिम आदेश दिएको थियो ।
पछिल्लो समय सिआइबीले केन्द्रीय बैंकलाई बेवास्ता गर्दै सोझै बैंकहरुलाई पत्र पठाएर विवरण माग्ने र बैंकर तथा कर्मचारीलाई पक्रने योजना बनाएको पूर्व जानकारी पाएपछि जनआस्थाले आज बिहान ‘सिआईबीसामु राष्ट्र बैंक निरीह’ शीर्षक समाचार प्रकाशित गरेको थियो । सोही समाचारका कारण ब्युरो टोली प्रक्रिया पुर्याउन बैंकको केन्द्रीय कार्यालय पुगेको श्रोतले बतायो ।
याे पनि....
सिआइबीसामु राष्ट्र बैंक ‘निरीह’
टिप्पणीहरू