बाघको गणना

बाघको गणना

नेपालमा फेरि बाघ गणना हुन लागेको रहेछ । विश्वमा बाघको संख्या घटिरहेको भए पनि नेपालमा भने बढिरहेको कारणले नेपालीलाई बाघ गणना सधैंभरि गरौं गरौं लागिरहने रहेछ । तर सुन्नमा आएअनुसार बाघ गणनामा एउटा समस्या देखिएको छ, बजेटको ।

बाघ गणना गर्न करिब २ करोड रुपैयाँ लाग्ने रहेछ । तर सरकारले २० लाख रुपैयाँ मात्रै दिएको छ । अब वन्यजन्तु संरक्षकहरू चिन्तित भएका छन्, २ करोडको काम २० लाखमा कसरी गर्ने ? २० लाखमा त बाघ होइन बिरालोसम्म गणना गर्न सकिएला । अथवा मोलमोलाइ नै गर्ने हो भने लोखर्केसम्म गणना गर्न सकिएला ।

अब लोखर्के गणना गर्ने पैसाले बाघ गणना गर भनेर हुन्छ ? सरकारले के गर्न खोजेको हो यो ? कतै लोखर्के गणना गरेर बाघको संख्या यति पुग्यो भनी देखाउन खोजेको त होइन ? 

टिप्पणीहरू