छेलोखेलो पानी
मेलम्चीको पाइप फुटेर काठमाडौँको बबरमहल जलमग्न भएपछि स्थानीय बासिन्दा आक्रोशित भए । किनभने पाइप फुटेर बगेको पानी मान्छेको घर घरमै बगेको थियो । घरमा पानी बगेर आएपछि स्थानीयवासी आक्रोशित हुने नै भए ।
त्यसो त मेलम्चीको पानी ल्याएकै जनताको घर घरमा पुर्याउनलाई हो । घरमा पानी आएन भनेर जनताले सधैँ गुनासो गरिरहन्थे । त्यसैले मेलम्ची ल्याइयो । अहिले मेलम्चीको पानी घर घरमा पुग्दा पनि जनता गुनासो नै गरिरहेका छन् । मेलम्ची आएपछि काठमाडौँमा पानीको छेलोखेलो हुन्छ त भ…