शहरभित्र

हात्ती कूटनीति

कतारको राजालाई नेपालबाट दुइटा हात्ती उपहार पठाइएको रहेछ । वास्तवमा कतारी राजा त्यही हात्ती लिन नेपाल आउनुभएको पो हो कि ! जस्तो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहाल केही समयअघि भैंसी लिन भारत जानुभएको थियो । उताबाट भैंसी आएपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ भएको थियो । ठीक यसरी नै अब यताबाट हात्ती गएपछि नेपाल–कतार सम्बन्ध अझ प्रगाढ हुन्छ होला । कतारसँग राम्रो सम्बन्ध बनाउने काम मान्छेले गर्न नसकेपछि अब हात्तीले गर्नुपर्ने अवस्था आएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्…