प्रदेश सरकारका कारण प्रादेशिक अस्पतालको बिजोग
ऋषि भट्टराई
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । पहिलो प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिए पनि पछिल्ला वर्षमा उक्त रकम प्राप्त नहुँदा समस्या बढेको बताइएको छ ।
लुम्बिनी अञ्चलकै पुरानो अस्पताललाई गौरवको आयोजना अन्तर्गत स्तरोन्नती गर्ने भन्दै स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काइएपछि अस्पताल सञ्चालनमा समस्या परेको जानकारी दिइएको छ । प्रदेश सरकारले दुई व…