भोलि पर्व !

भोलि पर्व !

हरेक वर्ष मनाइने होली पर्व अस्ति सम्पन्न भयो । नेपालमा होली पर्व वर्षको एक दिन तराईमा र एक दिन पहाडमा मनाउने गरिन्छ । होली पर्व भनेपछि रमाइलै हुनेरहेछ ।

वर्षको जम्मा एक दिन आउँछ । आएपछि खेलिन्छ । नेपालमा वर्षको एक दिन होली पर्व मनाए पनि हरेक दिन भने ‘भोलि पर्व’ मनाइरहेको हुन्छ । पाठकवृन्द ! के तपाईंलाई ‘भोलि पर्व’ बारे केही थाहा छ ?

होली पर्व जनताले मनाउने गर्छन् । ‘भोलि पर्व’ भने राज्यले मनाउने गर्छ । वा भनौं, ‘भोलि पर्व’ नेपाली प्रशासनको राष्ट्रिय पर्व हो । तपाईं जुनसुकै सरकारी कार्यालय जानुस्, त्यहाँ ‘भोलि पर्व’ चलिरहेको हुन्छ । 

— आज भएन, भोलि आउनुस् !
— तपाईंको काम भोलि मात्रै हुन्छ ।
— आज फाइल भेटिएन, भोलि आउनुस् !
— आज हाकिम सा’बको बिदा छ, भोलि गर्नुस् !
— खै यो डकुमेन्टै पुग्दैन, भोलि ल्याउनुस् !

— चार बजिसक्यो, अब भोलि...
— आज म सराद्धेमा जानुपर्छ, भोलि आउनुस् है !

जहिले पनि भोलि । भोलि पर्व हरेक दिन मनाउने भएर पनि होला, वर्षको एक दिन मनाइने होली पर्व रमाइलो भएको । हैन र ?

टिप्पणीहरू