प्रदेशहरूको व्यस्तता

प्रदेशहरूको व्यस्तता

केन्द्रमा संघीय सरकार ढलेपछि प्रदेश सरकारहरू पनि धमाधम ढल्न थालेका छन् । त्यसैले कतै बनेको सरकार ढालेर नयाँ बनाउन र कतै ढल्न लागेको सरकार बचाउन दौडधुप चलिरहेको छ ।

अहिले जुन प्रदेशमा हेरे पनि एउटै तनाव छ– सरकार कसरी ढाल्ने ? सरकार कसरी बचाउने ? कसैलाई बचाउने तनाव, कसैलाई ढाल्ने तनाव । त्यसो त यति भए पनि प्रदेश सरकारहरूले काम त पाए नि ! नभए प्रदेश सरकारहरूको कुनै काम थिएन । काम नपाएर प्रदेश फिटफिटी परिरहेको थियो ।

अहिले पूरा काम पाएको छ । मन्त्री, मुख्यमन्त्रीहरूको दौडादौड छ । कोही जिल्ला जिल्ला दौडिरहेका छन् । कोही संघीय राजधानी आइरहेका छन् । यतिबेला प्रदेश सरकारहरू जति व्यस्त त संघीय सरकार पनि छैन होला । 

प्रदेश सरकारहरू सधैँ आफूलाई जिम्मेवारी दिइएन, काम दिइएन भनेर हल्ला गरिरहन्थे । त्यही भएर उनीहरूलाई यो काम दिइएको हुनुपर्छ । कि आफ्नो सरकार बचाउने काम गर । कि अरुको सरकार ढाल्ने काम गर । जे भए पनि गर, चुप लागेर नबस । अतः अहिले प्रदेश सरकारहरू काममा व्यस्त छन् । संघीयताको मज्जा यही त होला ! 
 

टिप्पणीहरू