अबको डेलिभरी

अबको डेलिभरी
सुन्नुहोस्

देशभरिका सहकारीपीडितहरूको पीडा अब शायद सकिन्छ होला । किनभने सहकारीपीडितहरूलाई जसले सबैभन्दा ठूलो पीडा दिएको थियो, ऊ नै देशको गृहमन्त्री बनिसक्यो । त्यसैले अब सहकारीपीडितहरूको पीडा एकैछिनमा हट्छ होला ।

हटाउनु पनि पर्छ । किनभने वर्तमान गृहमन्त्रीले सरकारमा जानुअघि गृह मन्त्रालय नै माग्नुको कारणै यही हो– जनतालाई डेलिभरी गर्न सकुँ । पीडितलाई पीडा डेलिभरी गर्न सकुँ, दुःखीलाई दुःख डेलिभरी गर्न सकुँ । यो देशमा जनतालाई डेलिभरी गर्न सकिने योभन्दा राम्रो कुरा अरु के पो छ र ?

सहकारीपीडक आफै गृहमन्त्री भएको कारणले अब सहकारीपीडितहरूले सडकमा आउने नपाइने भयो । कसरी आउने ? आयो कि गृहमन्त्रीले झ्याप हानिहाल्छ । अब सहकारीपीडितलाई गृहमन्त्रीज्यूले डेलिभरी गर्ने भनेको टियर ग्याँस, पानीको फोहोरा र तातो गोली मात्रै हो ।

यी कुराहरू उहाँले डेलिभरी गर्न सक्नुहुनेछ । त्यो पनि बिना विलम्ब । सहकारीपीडितहरूले अब पहिलो किस्तामा पाउने यति नै हो । दोस्रोमा धरपकड, लाठी र बुट दिइन्छ होला ।                                                                                                                                                                               
 

टिप्पणीहरू