शहरभित्र

​मिल्नु र मिलाउनु

दरबारमार्गको प्रहरीलाई के दशा लाग्या हो कुन्नि, एउटा यौनकाण्डले साह्रै घुमाइदियो । यौनकाण्ड पनि कस्तो भने अहिलेसम्म यो बलात्कार हो कि राजीखुशी हो ठम्याउन मुश्किल । कहिले यो बलात्कार बन्छ । कहिले राजीखुशी । स्थिति यहाँसम्म पुगिसक्यो कि यही काण्डमा परेर प्रहरीका हाकिमहरू भकाभक निलम्बनमा पर्न थालिसके तर काण्ड वास्तवमा के हो पत्ता लगाउन सकिएको छैन ।  यसमा बिचरा प्रहरीको पनि के दोष ! प्रहरीले त दुईटा पक्षलाई सँगै राखेर मिलाउने हो । मिलाउनु भनेको राम्रै काम हो । छुट्याउनु वा…