दसैं जागरण
नेपाली जनताको महान् चाड दसैं पनि अब नजिकै आइपुग्यो भन्दा हुन्छ । दसैं आयो कि नेपालीरूको मनमा एउटा उमंग, खुसी र उत्साह ल्याइदिन्छ । त्यसैले नेपाली समाजमा दसैंको छुट्टै महत्व छ । तर, केही वर्ष भयो, दसैंले नेपाली समाजमा यस्तो उमंग, खुसी र उत्साह मात्र ल्याएको होइन, एउटा नयाँ खाले जागरण पनि ल्याइदिएको छ । दसैंमा मात्र आउने जागरण भएकाले यसलाई ‘दसैं जागरण’ पनि भन्न सकिन्छ ।
यो कस्तो जागरण हो भने दसैं शुरु भयो कि सरकारको नापतौल विभागलाई एउटा जागरण आउँछ &…