जित्नेलाई कारबाही
चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी अहिले चुनावको नतिजा देखेर चकित छ । किनभने पार्टीले बहिष्कार गरे पनि कार्यकर्ताले भने चुनाव जितिरहेका छन् । राजपाले बहिष्कार गरेको चुनाव स्वतन्त्र उम्मेदवारहरूले ठाउँ–ठाउँमा जितेका छन् । अब बहिष्कारै गर्दा त जित्न सकिन्छ भने भाग लिएको भए झन् के पो हुन्थ्यो होला ?
सुनिन्छ, चुनावमा भाग लिएका कार्यकर्तालाई राजपाले कारबाही गर्दै छ रे ! कारबाहीचाहिँ के गर्ने हो कुन्नि । चुनावमा लडेर पनि जो हारे तिनलाई जनताले नै कारबाही गरेको भयो ।…