लोडसेडिङ नभएर दुःख
राजधानीमा अचेल लोडसेडिङ छैन । त्यसो त राजधानीमा सुखशान्ति पनि छैन । चैन छैन । सुरक्षा छैन । शुद्धता छैन । तर यो जम्मै ‘छैन’ हरूलाई राजधानीले पचाइसक्यो । पचाउन नसकेको चाहिँ ‘लोडसेडिङ छैन’ मात्रै हो । अहिले जता हेरे पनि यही कुरा छ– आहा, अहिले त लोडसेडिङ छैन है ?
राजधानीमा लोडसेडिङ गएपछि खुशियाली आएको छ । लोडसेडिङ गयो, खुशियाली आयो । लोडसेडिङ गएर पनि खुशियाली नआएको चाहिँ मेरा मित्र भजनलाई मात्रै हो । मंसिरको महिना । भजनको बिहे …