प्रहरी–प्रहरी नो साथी
प्रहरी मेरो साथी भन्ने नारा जताततै लेखिएको जसले पनि पढेको हुनुपर्छ । आकर्षक नारा छ । जब प्रहरी नै हाम्रो साथी बन्छ, तब हामीलाई कोहीसँग केको डर ? सायद प्रहरी नै साथी भएको कारणले होला अचेल शहर बजारमा गुण्डा, लुटेरा, चोर, भ्रष्टाचारी, कमिशनखोर, काला बजारी, तस्कर कोही पनि कसैसँग डराउँदैन । किन डराउने ? प्रहरी नै साथी भएपछि डराउने किन ?
तर, प्रहरी भन्या जम्मैको साथी भए पनि स्वयं प्रहरीकै साथीचाहिँ नहुने रहेछ । प्रहरी अरू जम्मैको साथी हुने । तर, प्रहरीकै साथीचाहिँ न…