संसद् ख्वै ?

पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली यतिबेला संसद् अवरुद्ध पार्ने अभियानमा लाग्नुभएको छ । आफू अल्पमतमा परेपछि हरेक पार्टीले गर्ने नै यही हो । संसद चल्न नदिने । अनि संसदमा भन्नुपर्ने कुरा बाहिर सडकमा गएर भन्ने । संसदै नचले पछि कसरी संसदमा भन्ने ? अनि बाध्य भएर सडकमा भन्नुप¥यो । अहिले खड्गप्रसाद ओली पनि त्यही गरिरहनुभएको छ । संसद उहाँले चल्नै दिनुभएको छैन । अनि संसदमा गएर भन्नुपर्ने कुराचाहिं सम्पादकहरूलाई बोलाएर भनिरहनुभएको छ ।

संविधान संशोधन किन उचित छैन ? संविधान संशोधन किन वाहियात हो ? संविधान संशोधनलाई किन फेल गर्नु पर्छ ? त्यो कुरा संसदमा पो भन्ने हो त गाँठे ! किनभने संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भएको छ । प्रस्ताव संसदमा छ । अनि फेल गर्नचाहिँ सम्पादकहरूलाई भन्ने ? हेर्दा यस्तो लाग्छ, अहिले नेपालको संसद घरि राष्ट्रपति भवन त घरि पार्टी प्यालेसहरूतिर स¥या छ ।

उहिले त राजा ज्ञानेन्द्रले संसदै भंग गरिदिएकोले पो सडकमै संसद बस्नुप¥या थियो । अहिले भएको संसद आफैले बन्द गरेर सडकमा बैठक बसेपछि संसद्को के काम ? बेकारमा ६०१ लाई मासिक एक एक लाख भत्ता ख्वाउनुभन्दा भंगै गर्दिऊँ कि क्या हो ?

टिप्पणीहरू