शहरभित्र

​जनकपुरको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न तीर्थयात्रा अत्यन्तै भव्य भयो । उहाँ मूलतः जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुभएको रहेछ । फलतः यसलाई पूर्णरूपले एक धार्मिक यात्रा भन्न सकिन्छ । तर, उहाँ एक यस्तो सशक्त राजनीतिक नेता हुनुहुन्छ कि धार्मिक भ्रमण नै गरेको भए पनि नेपालमा ठूलो राजनीतिक तरंग ल्याइदिनुभयो । झन् राजनीतिक भ्रमण नै गरेको भए के पो ल्याउनुहुन्थ्यो होला । भगवान् श्रीरामको ससुराली उहाँलाई यति मन परेछ कि अ…