नेपाली जर्नेलले पाए फोर्स कमाण्डरमा नियुक्ति

नेपाली जर्नेलले पाए फोर्स कमाण्डरमा नियुक्ति

महासचिव एन्टोनियो गुटेरेसले आज नेपालका ३ तारे जर्नेल गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्र संघीय अन्तरिम सुरक्षा बल अबेई (UNISFA) को नयाँ फोर्स कमाण्डर नियुक्त गरेका छन् ।

श्रेष्ठ घानाका २ तारे जर्नेल रोबर्ट याव अफ्रामको ठाउँमा जिम्मेवारी सम्हाल्न जान लागेका हुन् । नेपालको सुदूर पश्चिम डिभिजन कमाण्डर,दक्षिण सुडान (UNMISS) मा सेक्टर पूर्वको कमाण्डरसहित ३६ वर्षको सैन्य जीवन बिताएका छन् ।

जङ्गी अड्डाको कार्यरथी,वीरेन्द्र सैन्य अस्पतालको प्रशासनिक रजिस्ट्रार,नीति तथा योजना निर्देशक,१६ र ९  बाहिनी चलाएको अनुभव उनीसङ्ग छ ।

चिनियाँ राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडिजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका उनेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र मानविकी तथा सामाजिक विज्ञानमा स्नातकोत्तर हासिल गरेका छन् ।

टिप्पणीहरू