शहरभित्र

बाढीको जिम्मा

प्रधानमन्त्री कमरेड केपी शर्मा ओली अमेरिका गइरहेकै बेला नेपालमा बाढी आयो । बाढी आएको बेला राम्ररी उद्धार भएन, राम्ररी राहत दिएन, राम्ररी सतर्क भएन भनेर अनेक आलोचना हुन थालेको छ । ठूलो वर्षा हुन्छ भनेर मौसम विभागले पूर्व जानकारी दिएको थियो । जानकारी दिँदादिँदै पनि किन यति हेलचेक्रयाइँ ? तर यसमा सरकारलाई दोष दिन मिल्दैन । केपी ओलीलाई दोष दिन त झनै मिल्दैन । किनभने बाढी आएको बेला उहाँ नेपालमै हुनुहुन्थेन । आफ्नो अनुपस्थितिमा आएको बाढीको जिम्मा उहाँले किन लिने ? उह…