मेलम्ची र पानी
आखिर अख्तियारले मेलम्चीको फाइल पनि खोलेछ । फाइल खोलेपछि पो थाहा भयो, मेलम्चीमा अनेक किसिमका मान्छेको अनेक काण्ड जोडिएको रहेछ । नेपाल सरकारका चर्चित–चर्चित सचिवहरूसमेत यसमा मुछिएका रहेछन् ।
वास्तवमा यत्तिका वर्षसम्म धारामा मेलम्चीको पानी किन आएन भन्ने कुरा त अहिले आएर पो थाहा भयो । मेलम्चीमा जति पानी बग्ने हो नि, त्योभन्दा बढी त पैसा बगेको रहेछ । अनि मेलम्चीमा बग्ने पैसाचाहिँ जनताको धारामा होइन, उहाँ सचिवज्यूहरूको धारामा आउने रहेछ । यसो अनुमान गरी हेर्दा अनौठ…