शहरभित्र

एमालेलाई किन रिस उठ्छ ?

एयरपोर्टमा सुन समातिएपछि देशवासी त सारा खुशी नै भए । तर, एमालेलाई चाहिँ के भएछ कुन्नि, तनावग्रस्त छ बाऽ । अहिले एमालेले गृहमन्त्रीलाई प्रश्न गरिरहेको छ– ए, सुन किन समाएको ? कसले भनेर समाएको ? के कारणले समाएको ? एयरपोर्टमा सुन समाएदेखि एमाले विचलित छ । त्यसैले एमाले यतिबेला गृहमन्त्रीविरुद्ध जुलुस निकालिरहेको छ्, मसाल बालिरहेको छ् । यदि, गृहमन्त्रीले अर्को पनि सुन समायो भने पुत्ला बाल्न पनि बेर छैन ।  एयरपोर्टमा सुन समाएको समायै गरेको देखेर एमाले साय…