शहरभित्र

समावेशी सरकार

देशमा जुन सरकार आए पनि, जसको सरकार आए पनि त्यो समावेशी भएन भन्ने गुनासो रहने गर्छ । कहिले महिलाको प्रतिनिधित्व भएन, कहिले जनजातिको प्रतिनिधित्व पुगेन त कहिले दलितलाई समावेश गरिएन । सरकारको समावेशितामाथि सधैँ प्रश्न हुने गथ्र्यो । तर कमरेड पुष्पकमल दाहालको नेतृत्वमा अहिले जुन सरकार बनेको छ, त्यसलाई शायद यो आरोप नलाग्न सक्ला । किनभने यो एक पूर्ण समावेशी सरकार हो । यो सरकारले आफूलाई पूरै समावेशी बनाएको छ । हेर्नोस्, यो देशका गणतन्त्रवादी पनि यही सरकारमा छन्…