अन्य नक्कलीहरू
नक्कली भुटानी प्रकरणमा अहिले मुद्दा चलिरहेको छ । त्यसो त मुद्दा भनेको वकिलहरूको भैपरी आउने दशैँ जस्तै हो । सर्वोच्चमा मुद्दा चलिरहेछ भन्नु र ल फर्ममा दशैँ चलिरहेछ भन्नु उस्तै उस्तै हो । अहिले नक्कली भुटानी शरणार्थी मामिलामा पनि त्यस्तै छ । अहिले यो मुद्दा लड्नका लागि भयंकर भयंकरै वकिलहरू मैदानमा उत्रिरहेका छन् । मैदानमा उहाँ वकिलहरूलाई देखेर यस्तो लागिरहेछ, यो प्रकरणमा नक्कली शरणार्थी मात्र होइन, नक्कली लोकतन्त्रवादी, नक्कली परिवर्तनकारी, नक्कली गणतन्त्रवादी, नक्कली समाज सुधारकहरू…