नेपाली भुटानी नागरिक

नेपाली भुटानी नागरिक

हुँदा–हुँदा अब देशका नागरिक आफ्नै देशमा विदेशी शरणार्थी बन्नसमेत तयार हुने अवस्था आइसकेछ । त्यो पनि अरु शरणार्थी होइन, भुटानी शरणार्थी । अमेरिका जाने मात्रै भन्नुपर्छ आफ्नै देशमा विदेशी शरणार्थी बन्नसमेत नेपाली नागरिक तयार हुने अवस्था आइसकेछ । 

हाम्रा नेता नेपाललाई सिंगापुर बनाइदिन्छु, हङकङ बनाइदिन्छु भनेर भाषण गर्छन् । तर, बनाउनेचाहिँ भुटानी शरणार्थी मात्रै रहेछन् । अमेरिका छिर्नका लागि नेपाली नागरिकता त्यागेर भुटानी नागरिक बन्न तयार हुन्छन् भने यी त रवि लामिछानेभन्दा पनि खतरनाक मानिस भएछन् । जसलाई यिनीहरूले ठगे, ती त ठग नै भइहाले ।

जो नेपालको नागरिक हुँदाहुँदै भुटानको नागरिक बन्न तयार हुन्छन्, तिनीहरूचाहिँ कुनै अपराधी ठहर नहुने त ? ठग्नु मात्र गैरकानुनी होइन, नेपालकै नागरिक हुँदाहुँदै भुटानी नागरिक बन्न जानु पनि त अपराध होला नि ! कि कसो हो ?
 

टिप्पणीहरू