पोशाक भत्ता

पोशाक भत्ता

सुनिन्छ, सरकारले अब विभिन्न निकायलाई दिइँदै आएको पोशाक भत्ता पनि काट्दै छ । सरकारले के कारण पोशाक भत्ता काट्न लागेको हो, त्यो त थाहा भएन । तर, पोशाक भत्ता काट्नु समाजका लागि भने ज्यादै डरलाग्दो विषय हुनेवाला छ । किन त भन्दा सरकारले पोशाक भत्तै काटिसकेपछि कर्मचारी के लगाएर कार्यालय जाने ? आइरहेको भत्तै काटेपछि पोशाक लगाउन त सम्भवै भएन । भत्ता आए पो पोशाक लगाउने । भत्तै नआएपछि के लगाउने ? के अब कर्मचारी बिना पोशाक नै कार्यालय आउने ?
 

पोशाकका विषयमा नेताहरूको ध्यान नजानु कुनै ठूलो कुरा होइन । किनभने नेताहरूलाई पोशाकको मतलब हुँदैन । नेताहरूलाई त पोशाक लगाए पनि के, नलगाए पनि के ? लज्जा भन्ने कुरा तिनमा लागू नै हुँदैन । नेताहरूको लाज पोशाक लगाए पनि उही हो, नलगाए पनि उही हो । त्यसैले पोशाकका मामिलामा नेताहरू गम्भीर हुँदैनन् । वा भनौँ, त्यसमा उनीहरूको ध्यानै जाँदैन । 

शायद त्यही भएर पो यो पोशाकको लागि गइरहेको भत्ता काट्न लाग्या हो कि ? किनभने पोशाक लगाए पनि आफ्नो लाज छोपिँदैन भने पोशाक किन लगाउनु ? हैन र ?
 

टिप्पणीहरू