अन्य नक्कलीहरू

अन्य नक्कलीहरू

नक्कली भुटानी प्रकरणमा अहिले मुद्दा चलिरहेको छ । त्यसो त मुद्दा भनेको वकिलहरूको भैपरी आउने दशैँ जस्तै हो । सर्वोच्चमा मुद्दा चलिरहेछ भन्नु र ल फर्ममा दशैँ चलिरहेछ भन्नु उस्तै उस्तै हो । अहिले नक्कली भुटानी शरणार्थी मामिलामा पनि त्यस्तै छ । अहिले यो मुद्दा लड्नका लागि भयंकर भयंकरै वकिलहरू मैदानमा उत्रिरहेका छन् । मैदानमा उहाँ वकिलहरूलाई देखेर यस्तो लागिरहेछ, यो प्रकरणमा नक्कली शरणार्थी मात्र होइन, नक्कली लोकतन्त्रवादी, नक्कली परिवर्तनकारी, नक्कली गणतन्त्रवादी, नक्कली समाज सुधारकहरू पनि धेरै रहेछन् । 

यति बेला हाम्रो आँखा नक्कली शरणार्थीतिर मात्रै गइरहेको छ । नक्कली लोकतन्त्रवादीतिर पटक्कै गएको छैन । यो मुद्दा अदालत जानु अघिसम्म हामीले नक्कली शरणार्थी मात्रै देखेका थियौँ । अदालत गइसकेपछि चाहिँ नक्कली लोकतन्त्रवादी देखिए, नक्कली क्रान्तिकारी देखिए, नक्कली सुशासनकर्ताहरू देखिए, नक्कली न्यायप्रेमीहरू पनि देखिए । अर्थात नक्कलीहरू धेरै देखिए । देशमा यति धेरै नक्कलीहरू छन्, हामीचाहिँ नक्कली शरणार्थी मात्रै देख्छ । मान्छे जस्तोसुक्कै नक्कली होस्, कालो कोट लगाएपछि जम्मै नक्कली छोपिन्छ कि क्या हो ? 

टिप्पणीहरू