मसाज सेन्टर र गेष्ट हाउसका बालिकाहरू सेल्टर हाउसमा

मसाज सेन्टर र गेष्ट हाउसका बालिकाहरू सेल्टर हाउसमा

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँका विभिन्न मसाज सेन्टर र गेस्ट हाउसबाट आठ बालिकाको उद्धार गरेको छ । नयाँ बसर्पाक, ठमेल, चावाहिल, बौद्ध क्षेत्रका स्पा र होटलबाट उनीहरुको उद्धार गरिएको हो । 

अहिले ती बालिकाहरुलाई सुरक्षित आवासको लागि सेल्टर हाउसमा राखिएको व्युरोका एसपी विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार बालिकाहरुलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृतिमा लगाउने पाँच जनालाई नियन्त्रण लिइएको छ । पक्राउ पर्नेहरुमा ४० वर्षीया गीताकुमारी आचार्य, ४५ वर्षीय गोविन्द बुढाथोकी, ३२ वर्षीय हेमन्त श्रेष्ठ, ४२ वर्षीय हरिभक्त गिरी र ४९ वर्षीय भीमप्रकाश साउद छन् । 

एसपी खड्का अनुसार उनीहरुले १८ वर्षमुनिका युवतीहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन शोषण तथा वेश्यावृतिमा लगाएका थिए । ग्राहकसँग महंगो पैसा असुल्ने, तर बालिकाहरुलाई त्यसको २० प्रतिशतमात्र दिने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू