विश्वका धेरै देश चिनियाँ कागतीमा निर्भर

सिचुआन प्रान्तको अन्युए काउन्टी चीनमा ‘कागतीको राजधानी’ भनेर चिनिन्छ । यो क्षेत्र विश्वमै कागती उत्पादनको दृष्टिकोणले प्रमुख मध्येको एक हो ।

काउन्टीको एउटा कागती प्रशोधन केन्द्रमा, स्वःचालित उपकरणले कागती पखाल्ने, छान्ने र प्याकेज गर्ने काम गरिरहेको छ । यस्तो कार्य दैनिक तीन सयदेखि तीन सय ५० टनसम्म हुने गरेको छ ।

प्रशोधन कम्पनीकी जियाङ शियाओलान भन्छिन्, ‘अहिलेसम्म हामीले दुई हजार नौ सय टन कागती प्रशोधन गरिसकेका छौँ, जुन हाम्रो कुल उत्पादनको करिब एक चौथाइ हो।’

केही कागतीलाई चिसो गोदाममा राखिन्छ भने धेरै निर्यातका लागि पठाइन्छ । किनभने नोभेम्बर महिना कागती निर्यातको उच्च सिजन हो।

कम्पनीका महाप्रबन्धक, टान चुआनजियाङका अनुसार, ‘यी कागतीहरू रूस निर्यात गरिँदैछ । हरेक हप्ता करिब तीन–चार कन्टेनर त्यहाँ पठाइन्छ । यो अर्को ब्याच भोलि मलेसिया निर्यात हुँदैछ । किनभने अक्टोबरदेखि डिसेम्बरसम्मको अवधि कागती निर्यातको उच्च सिजन हो।’

अर्थ विश्लेषकहरूका अनुसार यो वर्ष चिनियाँ कागतीको निर्यात र मूल्य उच्च देखिन्छ । किनभने दक्षिण अमेरिकी देशहरूमा प्रतिकूल मौसमका कारण उत्पादन घटेको छ ।

महाप्रबन्धक, टान चुआनजियाङ भन्छन, ‘सन् २०२३ देखि निर्यात हरेक वर्ष १५ प्रतिशतले बढेको छ। यो वर्षको निर्यात मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । 

वार्षिक उत्पादन छ लाख टन हुने अन्युए काउन्टीका कागती विश्वका ३० भन्दा बढी मुलुक र क्षेत्रमा बिक्री हुने गरेको छ ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू