पेरिसमा उत्कृष्ट घोषणापछि हुवावेको विश्वभर चर्चा
फ्रान्सको पेरिसमा भइरहेको पेरिस फोटो प्रदर्शनीमा चीनको हुवावे कम्पनीले २०२५ का एक्समेज अवार्डका तीन विजेताहरूको विवरण सार्वजनिक गरेको छ । विश्वका ७८ देशबाट प्राप्त सात लाख ४३ हजारभन्दा बढी प्रतिस्पर्धीका फोटोमध्ये उत्कृष्ट १०० फोटोग्राफी चयन गरिएका हुन् ।
;मध्ये तीनले एक्समेज १०० ग्रान्ड पुरस्कार हात पारेका हुन् । उत्कृष्टमध्ये रोमानियाली फर्मासिस्ट तथा फोटोग्राफर घिओर्गे पोपाको एथरिल लाइन्स पनि हो । उक्त फोटो हुवावेको पुरा ८० अल्ट प्रयोग गरेर खिचिएको बताइएको छ । ट्रान्सिल्भेनियास्थित प्रदूषित गिमाना तालका प्राकृतिक र चम्किला रङहरूलाई कलात्मक रूपमा समेटिएको यो फोटो ५० वर्षअघिदेखि खानीजन्य फोहोरले जलमग्न भएको गाउँको कहालीलाग्दो यथार्थ पनि बोकेको छ ।
‘धेरै कुहिरो थियो, ड्रोन उडाउन सकिनँ । फोनले नै यस्तो ढाँचा भेटेँ, पुरस्कार पाउने सोचेको थिइनँ,’ पोपाले बताए । त्यसैगरी अर्का ग्रान्ड प्राइज विजेता एसी छन् कुआनहोङको ओरिजिन अफ स्किइङमा चीनको अल्टे क्षेत्रकी एक बालिकाको तस्बिर समेटिएको छ। संसारमा पहिलोपटक स्की खेलको अभ्यास सोही क्षेत्रमा शुरू भएको मानिन्छ । उनको फोटोले त्यही सांस्कृतिक गौरवलाई उजागर गरेको छ ।
फोन हलुका र सजिलो भएकाले व्यक्तिहरू क्यामेरामा अझ सहज महशुस गर्छन्,’ उनले भने । पुलित्जर पुरस्कार विजेता तथा एमेज १०० निर्णायक लियू ह्युंग–सिङले मोबाइल फोटोग्राफीको स्तर उल्लेखनीय रूपमा उक्लिएको बताउँदै भने, ‘फोटोग्राफर र विषयबीचको विश्वासका संकेतहरू स्पष्ट देखिन्थे ।’
पेरिस फोटो प्रदर्शनीमा राखिएको हुवुावे एक्समेज अवार्डको प्रदर्शनीले विश्वभरका सिर्जनशीलता, कथा र सांस्कृतिक विविधतालाई मोबाइल फोटोग्राफीमार्फत् जोड्ने प्रयासलाई झनै सुदृढ बनाएको छ ।
टिप्पणीहरू