सुन पसलमा डान्स, अन्यत्र थ्रीडी विज्ञापन
चीनमा सहरी सौन्दर्यकरण र व्यापारिक विज्ञापनमा विविधता ल्याउने क्रम जोडतोडले भइरहेको छ । हुपेई प्रान्तको राजधानी वुहानमा पनि ग्राहकलाई मनोरञ्जन दिन नयाँ तरिका अपनाइएको देखिन्छ ।
शहरको मध्यभागमा रहेको निकै पुरानो सुन घरलाई बाहिरैबाट पहेँलपुर देखिनेगरी सुनौलो बनाइएको छ । त्यतिले नपुगेर सुन खरिद तथा बिक्रीमा आउने ग्राहकसँगै पैदल यात्रुलाई मनोरञ्जन दिलाएर आकर्षण गर्न सुन घरको माथिल्लो तलामा दिउँसोदेखि रातिसम्म युवतीहरुले डान्स गरेको हेर्न सकिन्छ ।
अर्कोतर्फ सोही सहरको अर्को कुनामा उच्च प्रविधिका विज्ञापन बोर्डहरु राखिएका छन् । सेन्सरयुक्त उक्त बोर्ड नजिकै पैदल यात्रुहरु उभिएर हेर्न थालेपछि विभिन्न वस्तु तथा सेवाको विज्ञापन बन्द भएर थ्री डीमा बनाइएका बिरालो र पुतलीका छोटा कथाहरु स्वतः देखिन्छन् ।
टिप्पणीहरू